Headlines News :

Wrong Turn 4 - Full Movie

Written By Unknown on Friday, April 20, 2012 | 2:31 PM

Thursday (1998).avi




11.11.11.2011 Full Movie Dvd Movies 2011 Www.Melody.Ma

The Vampires of Zanzibar- Free feature film!

हिमालयन शेर्पालाई विराट गोल्डकपको उपाधि

हिमालयन शेर्पालाई विराट गोल्डकपको उपाधि

विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।
विराटनगरको सहिद रंगशालामा आज भएको फाइनल खेलमा अफ्रिकन युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै हिमालयनले उपाधि माथि कब्जा जमाएको हो । खेलको सातौ मिनेटमा सोम मल्लले गरेको गोल निर्णायक सावित हुँदा हिमालयन उपाधि जित्न सफल रह्यो । सोमले जगजित श्रेष्ठले प्रहार गरेको फ्रिकिङ बललाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
त्यसपछि दुवै टोलीले केही सुन्दर मौका खेर फाल्दा थप गोल हुन सकेन । उपाधिसँगै शेर्पाले नगद २ लाख जित्दा उपविजेता अफ्रिकनले १ लाखमा नै चित्त बुझाएको छ । महेन्द्र गोल्डकपको नामले चर्चित यो प्रतियोगिता विगत ८ वर्षदेखि हुन सकेको थिएन ।
२०१८ सालमा सुरु भएको यो प्रतियोगिताको २८औं संस्करण २०६० मा भएको थियो । २०६० को प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । त्यसयता हुन नसकेको प्रतियोगिताको महेन्द्र गोल्डकपको नाम परिवर्तन गर्दै विराट गोल्डकपको नाममा खेलाउन थालिएको हो ।

राष्ट्रिय खेलमा भ्रष्टाचार,को को भए लाचार !

व्यवस्थापिका संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिले छैटौ खेलकुद प्रतियोगितामा भएको अनियमितताका बारेमा छानविन गर्न छानविन उपसमिति गठन गरेको छ । समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाले सभासद भानुभक्त जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन उपमिति गठन गरेको हो । समितिमा काँग्रेसकी कमला पन्त, माओवादीका टेकबहादुर बस्नेत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोदप्रसाद गुप्ता र राप्रपाका अलाउद्दिन अन्सारी सदस्य रहनुभएको छ । समितिलाई छैटौ खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण गतिविधिको स्थलगत अध्ययन गरी बैशाख मसान्तभित्रमा प्रतिबेदन पेश गर्ने जिम्बेवारी दिईएको छ । प्रतियोगिताका क्रममा पोसाक तथा खाना र आवासका साथै भौतिक पुर्वाधारको निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिले राष्ट्रिय खेलकुद परिषद्लाई प्रतिवेदन बुझाउन आग्रह गरेको थियो । बैठकमा खेलकुद राज्यमन्त्री गोपी अछामी, सचिव सुशील घिमिरे तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासंगको छलफलपछि उपसमिति गठन गरिएको व्यवस्थापिकास संसद् अन्तर्गतको लेखा समितिका सभापति रामकृष्ण यादबले जानकारी दिनुभयो


पेरिसडाडामा जे देखियो

एकीकृत नेकपा माओवादीको कार्यालय पेरिसडाडामा धर्नामा बसेका बहिर्गमित लडाकु र प्रहरीबीच झडप भएको हो । बहिर्गमित लडाकुहरुले स्वेच्छिक अवकाश रोज्ने लडाकु सरह सुविधा पाउनुपर्ने लगायतका पांच बुंदे माग राखी पार्टी कार्यालयमा धर्ना दिएको बेला प्रहरी र लडाकुका दुई छुट्टाछुट्टै समुहबीच झडप भएको हो। विभिन्न माग राखी आन्दोलन गरिरहेका उनीहरुले पार्टीले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्। सातादेखि धर्नामा रहेका उनीहरुबीच यसअघि पनि सामान्य झडप भएको थियो

 
Support :http://nepaldark.com/
Copyright © 2011. TheKslNepal - All Rights Reserved
Template Modify by KrishnaNeupaney
Proudly powered by Blogger