Headlines News :

Hindi Movie Koyla(1997) Watch Online

Written By Unknown on Saturday, April 21, 2012 | 11:52 PM



CID : Raaz Safed Shirt Wali Ladki Ka - Episode 793 - 13th January 2012


बाध्यता बन्दैछ बादी महिलाको यौन पेशा

बादी महिलाहरुको यौनपेशा बाध्यता बन्न पुगेको छ । राजापुरका वादी महिलाहरुले चार वर्षअघि यौन पेशा त्याग्ने सोच बनाएपनी अझै सम्म यौन पेशा त्याग्न सकेका छैनन् । एकजना महिलाले यौन पेशामा लागेकै भरमा दश जनाको परिवारको लालनपालन गर्नुपर्ने समस्याले थिचिएका बादी महिलाहरु सरकारले भरपर्दो व्यवस्था नगरे यौन पेशा जारी रहने उनीहरुले बताएका हुन् । घरको आर्थिक अवस्था नाजुक भएकै कारण उनी यस पेशामा लाग्न बाध्य बन्दै गएको बताउछन् । वर्षोदेखि बादी समुदायका महिलाहरुले अपनाउदै आएको यौन पेशाले उनीहरुलाई परिवारको पेट पाल्न सघाएको त छ तर उनीहरुलाई आत्म सन्तुष्टि दिन सकेको छैन ।

प्रेमको प्रतीक रानी महल

कालीगण्डकी किनारमा रहेको प्रसिद्ध रानीमहल दरबार । तानसेनबाट उत्तरपट्टि काली गण्डकी र बराङ्गदी खोलाको सङगमस्थलमा अवस्थित यो रानीमहल धर्मिक दृष्टिकोणले निकै महत्वपूण मानिन्छ । सच्चा प्रेमको प्रतीक ठानिने रानी महल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत प्राण प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए | रानी महल दरबारको १९५० सालमा शिलान्यास गरि १९५४ सालमा काली गण्डकी नदी तटमा बिशाल चट्टानमाथि पश्चिमि कला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरिएको थियो। दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदीसम्म जोडिएको छ ।

 
Support :http://nepaldark.com/
Copyright © 2011. TheKslNepal - All Rights Reserved
Template Modify by KrishnaNeupaney
Proudly powered by Blogger