हिमालयन शेर्पालाई विराट गोल्डकपको उपाधि
![BIRATGOLDCUP_WINNER](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_v-VluK6PYK8UBB8zXb8sjV_sMOD1nuklYOQrQwPakWhmVWEdKmB1HmC2uqsMpDI9ezUFrK_yS4R4otepXuhvbTsynBolx-uPrGd8ho3QxwNiffvLqpbRX8bfNy3acLMoL2T7Uy2z6NMoggRU3tdpmMOyum=s0-d)
विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।
विराटनगरको सहिद रंगशालामा आज भएको फाइनल खेलमा अफ्रिकन युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै हिमालयनले उपाधि माथि कब्जा जमाएको हो । खेलको सातौ मिनेटमा सोम मल्लले गरेको गोल निर्णायक सावित हुँदा हिमालयन उपाधि जित्न सफल रह्यो । सोमले जगजित श्रेष्ठले प्रहार गरेको फ्रिकिङ बललाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
त्यसपछि दुवै टोलीले केही सुन्दर मौका खेर फाल्दा थप गोल हुन सकेन । उपाधिसँगै शेर्पाले नगद २ लाख जित्दा उपविजेता अफ्रिकनले १ लाखमा नै चित्त बुझाएको छ । महेन्द्र गोल्डकपको नामले चर्चित यो प्रतियोगिता विगत ८ वर्षदेखि हुन सकेको थिएन ।
२०१८ सालमा सुरु भएको यो प्रतियोगिताको २८औं संस्करण २०६० मा भएको थियो । २०६० को प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । त्यसयता हुन नसकेको प्रतियोगिताको महेन्द्र गोल्डकपको नाम परिवर्तन गर्दै विराट गोल्डकपको नाममा खेलाउन थालिएको हो ।

0 comments:
Post a Comment