गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि सर्वोच्च अदालतको प्राङ्गणमा राखिएको छ । उहाँको शवलाई विहान ११ बजे सम्म सर्वोच्च अदालतका परिसरमा राखिने छ ।
न्यायाधीश बमलाई श्राद्वाञ्जलि दिनको लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, कानून व्यवसायी, बिभिन्न सङ्घ, सङ्गठनका पदाधिकारी तथा शुभचिन्तहरुको भीड लागेको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले स्वर्गीय बमप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने निर्णय गरेको थियो ।
स्वर्गीय न्यायाधीश बमको आजै दाह संस्कार गरिने बताइएको छ । राजधानीको शङ्खमुल नजिक अज्ञात ब्यक्तिले हानेको गोली लागेर घाइते हुनु भएका बमको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैबीच सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले काम सुरु गरेको जनाएको छ । समितिले घटनाकेा बारेमा अनुसन्धानलाई तीब्रता दिएको बताए पनि अहिलेसम्म कुनै उपलब्धी हासिल गर्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले बिहीबार नै महानगरी प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

0 comments:
Post a Comment