नेपाली महिलामाथि हुने गरेको एक प्रमुख ज्यादतीको नमूना मानिएको घरेलु हिंसाको स्थितिमा कुनै सुधार आउनुको सट्टा बरु झन बढोत्तरी भएको पाइएको छ । हुनत सरकारले यो अवस्थालाई रोक्नका लागि विभिन्न नीति नियमहरुको समेत अख्तियार गरी करोडौं रुपैयाँ यसका खर्चिएको छ । तरपनि यसको प्रभाव त्यति सकारात्मक रुपमा भने पाइंदैन । सरकारी तथा गैरसरकारी निकायबाट जे जस्ता नीति तथा कार्यक्रम तय गरे पनि महिलाविरुद्ध हुने हिंसा नरोकिएको एक प्रतिवदेनले देखाएको छ ।
शक्तिको दुरुपयोग र महिलाको जीवनमाथि पुरुषको नियन्त्रणसँग समग्रमा घरेलु हिंसा जोडिएको देखिन्छ । घरेलु हिंसाविरुद्धको कानुन बने पनि व्यवहारमा घरेलु हिंसा अन्त्य गर्न समाजका सबै पक्षबाट धेरै पहल चाहिन्छ । विशेषगरी घरेलु हिंसापीडितहरूको पुनस्र्थापनामा अझ धेरै पहलको आवश्यकता देखिन्छ ।crime story-
0 comments:
Post a Comment