बाराका तपस्वी रामबहादुर बम्जनका समर्थक र तीलुवाका स्थानीयबासीबीच आज फेरी झडप भएको छ । बम्जनलाई बौद्ध सवर्ण धर्म संघको नामबाट नागरिकता र रातो पासपोर्ट प्रदान गर्नुपर्ने, हलखोरीया जंगललाई धार्मिक वन घोषणा गर्नुपर्ने माग राख्दै चक्काजाममा उत्रिएका बम्जन समर्थक माथि स्थानीयवासीले प्रतिकार गरेका हुन् ।
दोहोरो झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर र लाठीचार्ज गरेको थियो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये बम्जन समर्थक ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको बीरगञ्जमा उपचार भईरहेको छ । बम्जनको कारण काठ तस्करी बढेको भन्दै स्थानीयवासीले बम्जनलाई जंगलबाट बाहिर निकाल्नुपर्ने माग गरेका छन् ।

Click here for Video
0 comments:
Post a Comment