पहिचानबिनाको ११ प्रदेशको विरोधमा आदिवासी जनजाति संघर्ष समितिले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि देशभरको जनजीवन प्रभावित भएको छ । नेवाः स्वायत्त राज्य संघर्ष समिति, आदिवासी जनजाति महासंघ लगायतले हिजोदेखि ३ दिने नेपाल बन्द आह्वान गरेका हुन् । बन्दको कारण राजधानी सहित चितवन लगायतका स्थानमा सवारी साधन सञ्चालन भएका छैनन् भने बजार, उद्योग कलकारखाना र शिक्षण संस्था ठप्प छन् । बन्दकर्ताहरु आज विहानैदेखि विभिन्न स्थान र चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् । समाचार संकलनका क्रममा पुर्वी चितवनको रत्ननगर स्थित निपनी चोकमा नेपाल पत्रकार महांसघ चितवनका सचिव , प्रेस चौतारी चितवनका सल्लाहकार एवं राजधानी दैनिकका संवाददाता राधेश्याम खतिवडाको मोटरसाइकल बन्दकर्ताहरुले तोडफोड गरेका छन । ना २ प ४९४२ नम्वरको मोटसाइकल तोडफोड गर्नुका साथै बन्दकर्ताहरुले खतिवडालाइ दुव्र्यवहार समेत गरेका छन । यस्तै , बन्दकर्ताहरुले आज नारायणगढको बेलचोक र शहिदचोकमा रहेका करिब १ दर्जन पसलमा तोडफोड गरेका छन । बेलचोकमा रहेको लक्ष्मी दुग्ध भण्डारमा तोडफोडका क्रममा सञ्चालिका चन्द्रकला सापकोटा घाइते हुनु भएको छ । यस्तै आज बिहान नारायणगढमा पत्रिका बोकेको जीप तोडफोड गरेका छन । काठमाडौबाट गोरखापत्र लिएर आएको ग १ च ४२१५ नम्बरको जीप बन्दकर्ताहरुले लायन्सचोकमा तोडफोड गरेका हुन । यस्तै झापामा कान्तीपुर पत्रिका बोकेको गाडी तोडफोड भएको छ । उता नवलपरासीमा पनि सवारी साधनमा तोडफोड तथा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले गैडाकोटमा मोटरसाइकल , कावासोतीमा ट्रक तोडफोड गरेका छन भने कावासोतीमा नै एउटा मोटरसाइकल जलाइदिएका छन ।
Home »
Nepali News
» नेपाल बन्द अराजक बन्दै News Update May 21st, 2012
0 comments:
Post a Comment